Logo

एप्पल वल्र्डको दशैंतिहार डबल अफर, प्रथम पुरस्कार फसिनो स्कुटर

एप्पल वल्र्डको दशैंतिहार डबल अफर, प्रथम पुरस्कार फसिनो स्कुटर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजधानीको दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले दशैंतिहार डबल अफर उपहार योजना ल्याएको छ ।
योजना अन्तर्गत एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकहरुमध्ये एक जनालाई प्रथम पुरस्कार स्वूप यामाहाको फसिनो स्कुटर प्रदान गर्ने भएको छ ।

त्यस्तै दोस्रो पुरस्कार सामसुङको ४० इञ्चको एलइडी टेलिभिजन र तेस्रो पुरस्कारमा हुवावेको पि९ स्मार्टफोन बितरण प्रदान गर्ने एप्पल वल्र्डका मेनेजर आरपी सिंहले जानकारी दिए ।

यसैगरि, सान्त्वना पुरस्कार स्वरुप नेपालमा उपलब्ध सबै मोबाइल कम्पनीहरुका एक÷एक सेट बितरण गरिने मेनेजर सिंहले बताए । विभिन्न मोबाइल कम्पनीहरुले दिएका बिभिन्न अफर, स्क्र्याच, लक्की ड्र सँगै एप्पल वल्र्डले पनि आफ्ना ग्राहकहरुलाई थप अफर दिएर डबल अफर बनाएको सेल्स मेनेजर दिपिका थापा मगरले जानकारी दिइन ।

यसका अलावा एलजीको एल ६०, एलबेलो, इन्टेक्सको स्टार २ लगायता बिभिन्न कम्पनीका भिन्न मोबाइल सेटमा ५० प्रतिशत सम्म छुट गरेको छ । छुट योजना स्टक रहुन्जेलसम्म लागू हुने एप्पल वल्र्डले जनाएको छ ।

एक्सक्लुसिभ सोरुम मार्फत लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबार र मोबाइल एक्सचेन्जमा ख्याती कमाएको एप्पल वल्र्डले ६० मिनेट केयर सर्भिस पनि सँचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्