Logo

संगित क्षेत्रको प्रवद्र्धनमा चौधरी समूह, साउण्ड्ज अफ नेपाल कार्यक्रमको शुरुवात

संगित क्षेत्रको प्रवद्र्धनमा चौधरी समूह, साउण्ड्ज अफ नेपाल कार्यक्रमको शुरुवात


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चौधरी ग्रुपले नेपाली संगीतको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल आइस साउण्ड्ज अफ नेपाल’ कार्यक्रमको शुरुवात गरेको छ । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाली गायक तथा संगीतकर्मी जेम्स प्रधानले मंगलबार पाटन म्युजियम क्याफेमा आयोजित कार्यक्रममा संयुक्त रुपमा कार्यक्रमको शुरुवात गरेका हुन् ।

साउण्ड्ज अफ नेपालको उद्देश्य नेपाली संगीतको विकास र प्रवद्र्धन गर्ने हो । ‘यसले नेपाली सांगीतिक क्षेत्रका प्रतिभाहरुको पहिचान गर्छ र उनीहरुलाई एक साझा मञ्च प्रदान गर्छ,” कार्यक्रमको उद्घाटन गर्दै निर्वाण चौधरीले भने । साथै कार्यक्रमले नेपाली लोक र आधुनिक संगीतलाई एकै ठाउँमा ल्याएर नयाँ सांगीतिक माधुर्यको सिर्जना गर्ने बताइएको छ ।

कार्यक्रमको प्रायोजन चौधरी ग्रुपको उत्कृष्ट उत्पादन ‘नेपाल आइस’ले गर्ने छ । प्रारम्भिक चरणमा साउण्ड्ज अफ नेपालले दुई सिजनमा कार्यक्रमहरु प्रस्तुत गर्ने बताइएको छ । पहिलो सिजनमा बाह्रवटा इपिसोड रहनेछन् ।

प्रत्येक इपिसोडमा १५ मिनेटको ‘लाइभ’ कार्यक्रम हुनेछ, जसमा नेपालका उत्कृष्ट गायक तथा संगीतकर्मीहरुको प्रस्तुति हुनेछ । कार्यक्रममा नेपाली लोक र पप गायकहरुबीच सहकार्य रहनेछ । स्टेजमा गरिने प्रस्तुतिलाई टिभी, रेडियो र अनलाईन माध्यमद्वारा प्रसारित गरी धेरैभन्दा धेरै श्रोतामाझ पु¥याइने बताइएको छ ।

साउण्ड्ज अफ नेपालमा विशेषतः पाँच प्रकारका संगीतको प्रस्तुति रहनेछ । लाईभ प्रस्तुति नोवेम्वर देखि शुरु गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्