Logo

बैंकिङ समूहले उचाल्यो नेप्से, ८ अंकले बढ्दा ९२ करोड ८४ लाखको कारोवार

बैंकिङ समूहले उचाल्यो नेप्से, ८ अंकले बढ्दा ९२ करोड ८४ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनदेखि लगातार उकालो लागेको नेप्से बुधवार ८ दशमलव १० अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ८ सय ६ दशमलव ६० अंकमा पुगेर बन्द भएको हो ।

सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुह ५८ दशमलव ९८ र बैंकिङ समुह १३ दशमलव ४६ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक ४ दशमलव ८३, फाइनान्स समुह ४ दशमलव ६१ र अन्य समुह २ दशमलव ६ अंकले बढेको छ ।

यता उत्पादन,जलविद्युत र बीमा समुहको परिसुचक क्रमशः २५ दशमलव ८७, २३ दशमलव ८ र १८ दशमलव ७१ अंकले ओरालो लागेको छ ।

बुधवार बैंक अफ काठमाडौंको सवै भन्दा बढी २९ करोड ८८ लाखको कारोवार भएको छ । त्यस्तै एभरेष्ट बैंक लिमिटेडको १० करोड ३९ लाख बराबरको कारोवार भएको छ । बुधवार १ सय ३२ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ९२ करोड ८४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्