Logo

जगदम्वा स्टिल्सलाई एनएस क्वालिटी अवार्ड, उत्कृष्ट उत्पादन तथा व्यवस्थापन सम्मान

जगदम्वा स्टिल्सलाई एनएस क्वालिटी अवार्ड, उत्कृष्ट उत्पादन तथा व्यवस्थापन सम्मान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जगदम्वा स्टिल्स प्रालिले एनएस क्वालिटी अवार्ड २०१५ प्राप्त गरेको छ । नेपाल सरकार, उद्योग मन्त्रालय अन्तर्गत, नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा १७ औं उच्च गुणस्रीय उत्पादन तथा व्यवस्थापनका लागि प्रत्येक वर्ष दिंदै आएकोमा यस पटक जगदम्बा स्टिल्स प्रालिले प्राप्त गरेको हो ।

उक्त पुरस्कार उद्योग मन्त्री नविन्द्रराज जोशिले कम्पनी प्रवन्धक सञ्चालक साहिल अग्रवाललाई प्रदान गरे ।

अवार्ड ग्रहणपछि मन्त्री जोशीले आफ्नो उत्पादलाई सर्वोत्कृष्ट गुणस्तर पाएकोमा सम्पूर्ण ग्राहकहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद दिए । साथै भविष्यमा अझ बढी गुणस्तर प्रति सजग भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्