Logo

नेपालमा बिवाईडी बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा, गाडी आयात गर्दा भन्सार छलेको आशंका

नेपालमा बिवाईडी बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा, गाडी आयात गर्दा भन्सार छलेको आशंका



काठमाडौं । नेपालमा चिनियाँ ब्राण्ड बिवाईडी कम्पनीका विद्युतीय गाडी बेच्ने आधिकारीक विक्रेता साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बिभागको एक टोलीले कम्पनीमा राजस्व छली गरेको आशंकामा मंगलबार छापा मारेको हो । विभागबाट कम्पनीमा गएको टोलीले केहि कागजातहरु जफत गरेको थियो । पछिल्लो समय नेपालमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन विक्री गर्ने कम्पनीको दोस्रो स्थानमा साइमेक्स इंक पर्छ ।

तर कम्पनीले भन्सार छलेर गाडी भित्र्याईरहेको सूचना पाएपछि कम्पनीमाथि अनुसन्धान गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट केहि कागजातहरु ल्याएर हाल अनुसन्धान भईरहेको छ ।

विद्युतीय गाडीले किलोवाट घटाएर भन्सार छलेको भन्दै विभागमा सूचना पाएपछि उक्त अनुसन्धान अघि बढेको उनले बताए ।
यता साईमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठ भने यो बिषयमा आफुलाई जानकारी नभएको बताउँछिन् । ‘अनुसन्धान गर्नु त राम्रो हो, कुनैपनि बिषयमा दुधको दुध पानीको पानी हुन्छ,’ उनले भनीन्, ‘तर, मंगलबारै हाम्रो कम्पनीमा मारिएको छापाबारे हालसम्म कुनै जानकारी छैन, यसर्थ हाम्रो कम्पनीमा कुनै छापा मारिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL