Logo

नारायणघाटमा फियाट पुन्टो प्युअर, मंगलवारदेखि विक्री शुरु

नारायणघाटमा फियाट पुन्टो प्युअर, मंगलवारदेखि विक्री शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले आफ्नो पछिल्लो ह्याचब्याक पुन्टो प्युअरलाई नारायणघाटमा सार्वजनिक गरेको छ । थुप्रै ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब हाम्रो स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने बताइएको छ ।

पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभल ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा धेरै रुचाइएको कम्पनीले जानकारी दिएको छ ।

पुन्टो प्युअरमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ६ हजार आरपीएममा ६८ पीएस उर्जा र २ हजार ५ सय आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध छ ।
पुन्टो प्युअरलाई चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले एक कार्यक्रमकाबीच सार्वजनिक गरे । कार्यक्रममा स्विमिङ, लाइभ म्युजिक, डिजे र ककटेल डिनर समेत थियो ।

पाँच वटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्ड–प्राप्त इन्जिन जडान गरिएको छ । जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ । पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन छ । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिन्छ । पुन्टो प्युअरको इन्टेरियर यसको अघिल्लो संस्करण पुन्टो इभोबाट प्रभावित छ । यसमा पाँच जना सजिलैसँग यात्रा गर्न सक्नेछन् । कारको बुट स्पेस २८० लिटर भएको बताइएको छ ।

पुन्टोको आकार ‘क्लास लिडिङ’ हो । ठूलो आकारका कारण यो कारले सडकमा आफ्नो बलियो उपस्थिति देखाउनेछ । पुन्टो प्युअरमा १४ इन्चको स्टिल ह्विल र कालो रंगको आउटर रियर भ्यु मिरर (ओआरभीएम) जडान गरिएको छ ।

पुन्टो प्युअरमा ‘फलो मि हेडल्याम्प’ छ जसले इन्जिन बन्द भइसकेपछि पनि केही समयका लागि हेडल्याम्पलाई बालिराख्ने बताइएको छ । यसको ग्राउन्ड क्लेरेन्स १९५ मिलिमिटर रहेको छ जुन यो क्लासकै सबैभन्दा बढी हो । यसमा फायर प्रिभेन्सन सिस्टम पनि जडान गरिएको छ जसले दुर्घटनाको समयमा इन्धन आपुर्तिलाई काटिदिन्छ । एक्जोटिका रेड, हिपहम ब्ल्याक र ह्वाइट रङमा उपलब्ध पुन्टोको बजार मूल्य २२ लाख ८९ हजार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्