काठमाडौं । यो हप्ताको अघिल्ला दिनजस्तै मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १८.७६ अंकले घट्दै २०७६ को विन्दुमा ओर्लेर रोकिएको हो ।
आज कारोबार अवधिभर ३ सय १८ कमपनीका ९५ लाख ४४ हजार ७ सय ३ं४ कित्ता सेयर ५८ हजार १ सय १९ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । मंगलबार कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा १ सय ९८ कम्पनीको सेयरमुल्यमा गिरावट आएको छ भने जम्मा ४० कम्पनीको सेयरमूल्य मात्रै सकारात्मक देखिन्छ ।
आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सबैभन्दा बढी बरुण जलविद्युत कमपनीको ११ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सीईडीबी हाइड्रोपावरको ११ करोड १३ लाख र एनआएरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको १० करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।