Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा ५ अर्बमाथि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा ५ अर्बमाथि



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १७.०४ अंकले घट्दै २०९५ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय १७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर ७१ हजार ९ सय ९७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड २२ लाख ५३ हजार माथि पुगेको छ । आज नेप्से परिसुचक घट्दा पनि नेपाल फाईनान्स लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

आईतबार होटल तथा पर्यटनबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको नेप्सेले जानकारी दिएको छ । आज दिनभर सबैभन्दा बढी नेपाल फाईनान्स लिमिटेडको ३० करोड ४० लाख रुपैयाँ बराबरकाे कारोबार भएको छ । यस्तै आज एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडको १८ करोड १९ लाख, ङादी ग्रुप पावर लिमिटेडको १५ करोड २५ लाख, सिईडिबी जलविद्युतको १३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्