Logo

जेन नेक्स्टले ल्यायो एचटीसीका स्मार्टफोन, डिजायर सिरिजका पाँच मोडल सार्वजनिक

जेन नेक्स्टले ल्यायो एचटीसीका स्मार्टफोन, डिजायर सिरिजका पाँच मोडल सार्वजनिक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भिमसरिया गु्रप अन्तर्गतको जेनेरेसन नेक्स्ट(जेननेस्ट) कम्युनिकेसन प्रालिले एचटीसी ब्राण्डको डिजायर सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै विभिन्न पाँच ओटा मोडल सार्वजनिक गरेको हो ।

पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवले सार्वजनिक एचटीसी ब्राण्डका डिजायर ६३०, ६२८, ६२६ एलटीई, ७२८ र ८३० मोडलका स्मार्टफोन सार्वजनिक गरेकी हुन् ।

दशैको अवसरमा हरेक एचटीसी ब्राण्डका स्मार्टफोनको खरिदमा पावर बैङ्क उपहार दिने घोषणा गरेको छ । डिजायर सिरिजका स्मार्टफोन २४ हजार देखि ३४ हजार रूपैयाँ सम्म खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्