Logo

सेबोनले आगामी हप्ता नयाँ अध्यक्ष पाउने, आईतबार र सोमबारलाई बोलाईयो प्रिजेन्टेशनमा

सेबोनले आगामी हप्ता नयाँ अध्यक्ष पाउने, आईतबार र सोमबारलाई बोलाईयो प्रिजेन्टेशनमा



काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया आगामी हप्ता टुङ्गो लाग्ने भएको छ । राजनीतिक खिचातानीका कारण लामो समयदेखि अन्यौलमा रहेको उक्त नियुक्ति प्रक्रिया अन्तिम ५ जनामा छनौट भएका आवेदकहरुलाई प्रिजेन्टेशनका लागि बोलाईएसँगै बोर्डले नयाँ अध्यक्ष पाउने पक्का भएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अन्तिम ५ जनामा छनौट भएका उम्मेदवारहरुलाई आईतबार र सोमबारका लागि प्रस्तुति सहितको अन्तरवार्ताका लागि बोलाईएको छ । उनीहरुको सोमबार दिउसो सम्ममा प्रस्तुतिकरण र अन्तरर्वाता सकेर सोही दिन वेलुकी बस्ने मन्त्रिपरिषद् बैठकबाट बोर्ड अध्यक्ष नियुक्ति गरिने समेत मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम ५ जनामा कृष्णबहादूर कार्की, डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ छनौट भएका थिए । यिनै ५ जनाबाट छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । जसमध्येबाट १ जना बोर्ड अध्यक्षमा नियुक्त हुनेछन् ।

गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल कार्यकालका कारण बाहिरिएसँगै हालसम्म उक्त पद रिक्त रहेको छ । तर ६३ लाख लगानीकर्ता र ३३ खर्बभन्दा बढी पुँजीकरण रहेको सेयर बजारमा तत्काल अध्यक्ष नियुक्ति गर्नुपर्ने भएपनि राजनीतिक खिचातानीले हालसम्म अन्यौलमै रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL