Logo

सेयर बजारमा १० अंकको बृद्धि, विमा समुह बढ्दा ८८ करोड ७० लाखको कारोवार

सेयर बजारमा १० अंकको बृद्धि, विमा समुह बढ्दा ८८ करोड ७० लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १० दशमलव ४० अंकले उकालो लागेको छ । सो दिन सेयरबजार १ हजार ७ सय ६३ दशमलव ७८ अंकमा पुगेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएका अधिकांश सुमहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन वीमा समुहको परिसुचक २ सय ३७ अंकले उकालो लागेको छ ।

त्यस्तै अन्य समुह ६ दशमलव ३६ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ५ दशमलव २२ अंकले उकालो लागेको छ । त्यसैगरी फाइनान्स समुह ० दशमलव ० अंकले बढेको छ । यता जलविद्युत, होटल र विकास बैंक भने क्रमशः १३ दशमलव ४१, ८ दशमलव ५६ र ० दशमलव ७७ अंकले ओरालो लागेको छ ।

आइतवार सिखर इन्स्योरेन्सको सवैभन्दा बढी ११ करोड ६७ लाखको कारोवार भएको छ । सो दिन १ सय ३५ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख २४ हजार कित्ता सेयरबाट ८८ करोड ७० लाखको कारोवार भएको हो ।

प्रतिक्रिया दिनुहोस्