Logo

६ अंकले बढ्यो नेप्से, कारोबार रकममा उत्साह

६ अंकले बढ्यो नेप्से, कारोबार रकममा उत्साह



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातमा उच्च बढेको नेप्से अन्तिम समयमा उत्तारचढावसहित ६.३७ अंकले उकालो लागेको हो ।

आज कारोबार अवधिभर ३ सय १२ कम्पनीका १ करोड २९ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

यो मंगलबारको तुलनामा करिव ३५ करोडले बढी हो । मंगलबार सेयरबजारमा कारोबार रकम ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो ।

आज कारोबार अवधिभर १ सय १५ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय १९ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन, जलविद्युत, निर्जिवन बीमा र व्यापार समुहबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL