Logo

शुरु भयो सुपरमार्केटको चाडपर्व योजना, सामान खरिदमा छुट देखि स्कुटरसम्म उपहार

शुरु भयो सुपरमार्केटको चाडपर्व योजना, सामान खरिदमा छुट देखि स्कुटरसम्म उपहार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चाडवाड शुरुभएसँगै उपभोक्ता आकर्षित गर्न विभिन्न छुट तथा उपहर योजना सञ्चालन हुन थालेको छ । दैनिक उपभोग्य सामग्री उत्पादकदेखि विक्रेता तथा व्यापारिककेन्द्रहरु समेत विशेष छुट तथा उपहार ल्याउन थालेका हुन् ।

पछिल्लो समय विशेषगरी इलेक्ट्रोनिक्स सामग्री विक्रेता तथा अन्य जुत्ता,चप्पल, खाद्यन्नलगायतमा समेत उपहार योजना ल्याउन थालिएको छ । यसै क्रममा राजधानीका नाम चलेका सुपरमार्केट तथा मार्टले दशै तिहार विशेष योजना सार्वजनिक गरेका छन् ।

यसैक्रममा विगमार्टले दशै तथा तिहारको अवसर पारि दशैं तिहारको अवसर पारि ‘विगमार्ट जाऔं खरर, चढौं यमाहा फसिनो सरर’ योजना सार्वजनिक गरेको छ । योजना असोज १४ गतेदेखि कात्तिक २२ गते सम्म लागु हुने छ । योजना अन्तर्गत विगमार्टको कुनैपनि स्टोरबाट पेप्सी, किटक्याट तथा क्वालिटी चिकन ससेजको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिने छन । सो कुपन लक्की ड्रमार्फत ३ जना भाग्यशाली ग्राहकले यमाहा फसिनो स्कुटर जित्न सक्नेछन् ।
14517566_1202217286468268_5361827568643422303_n
त्यसैगरी हरेक दिन १ हजारभन्दा बढी सामानखरिद गर्ने ग्राहकले १ सय १९ रुपैयाँकोे अमृत सनफ्लावर तेल प्राप्त गर्न सक्ने विगमार्टका व्राण्डिङ तथा मार्केटिङ म्यानेजर अन्तिम रञ्जितले जानकारी दिए । छन् । विगमार्टले मसला,दाल,चामल,चिनीलगायत १ सय भन्दा बढी आइटममा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै तरकारी तथा फलफुल बजार भाउभन्दा सस्तोमा उपलब्ध गराउने बताइएको छ ।

भाटभटेनी सुपरमार्टले दशैं तथा तिहार तथा छठको अवसर पारि दाल,चाम,चिनीलगायत २ सयभन्दा बढी आइटममा नाफा नराखी विक्री गरेको छ । त्यस्तै टिभी, फ्रिज, वासिङ मेसिनलगायतमा २० प्रतिशत छुटको व्यवस्था गर्न लागेको छ । त्यसैगरी जुत्ता चप्पलमा ५ प्रतिशत छुट दिएको छ ।

यता सेलवेजले ग्रोसरी आइटममा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ । सेलवेजले विशेषगरी नियमित खरिदगर्ने आफ्ना मेम्वरलाई लक्षित गरि छुट योजना लागु गरेको प्रवन्धक भुवन अधिकारीले जानकारी दिए । त्यस्तै १ हजारभन्दा बढीको खरिदमा विभिन्न गिफ्ट भौचर २ हजार भन्दा बढीको खरिदमा १ सय २० रुपैयाँको गिफ्ट रहेको बताइएको छ । किचनवेयर तथा इलेक्ट्रोनिक्समा १० प्रतिशत र कपडामा १० प्रतिशत छुट दिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्