Logo

विगमार्टको २० औं शाखा नारायणथानमा, शुक्रवारदेखि सञ्चालन

विगमार्टको २० औं शाखा नारायणथानमा, शुक्रवारदेखि सञ्चालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विगमार्टले नारायणथानमा २०औं शाखा स्थपना गरेको छ । सो स्टोर शुक्रवारदेखि सञ्चालनमा आएको हो ।

काठमाडौं उपत्यका भित्र चोकचोकमा स्टोर स्थापना गर्ने उद्देश्यका साथ नारायणथानमा शाखा स्थापना गरिएको विगमार्टका व्राण्डिङ तथा मार्केटिङ म्यानेजर अन्तिम रञ्जितले जानकारी दिए ।

बुढानिलकण्ठ वरिपरिका उपभोक्तालाई लक्षित गरी सो स्थानमा स्टोर स्थापना गरिएको बताइएको छ । विगमार्टले यसअघि १९ औं शाखा जमलस्थित विश्वज्योती मलमा नयाँ स्टोर स्थापना गरेको थियो ।

स्टोरमा ताजा तरकारी तथा फलफुल अन्य स्टोरको तुलनामा विशेष छुटका साथ उपलव्ध गराइने रञ्जितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्