Logo

सम्साराले ल्यायो ‘दशै तिहार दश लाख उपहार’ योजना, प्रत्येक हप्ता १ जनालाई १ लाख

सम्साराले ल्यायो ‘दशै तिहार दश लाख उपहार’ योजना, प्रत्येक हप्ता १ जनालाई १ लाख


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सम्सारा रेमिटले दशै तिहारलाई लक्षितगरी ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सो अवसरमा ‘दशै तिहार दश लाख उपहार’ नगद उपहार योजना ल्याएको हो ।

कम्पनीका अनुसार सम्सारा रेमिटबाट रकम प्राप्त गर्नेे सबै ग्राहकहरु यस योजनामा सहभागी हुनेछन् । सहभागी ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता १ जनाले लक्की ड्रमार्फत १ लाख रुपैयाँ नगद उपहार जित्ने छन् । यो योजना दश हप्ता सम्म रहनेछ ।

चाडपर्वको अवसरमा ग्राहकलाई बढी लाभान्वित, सुलभ र सुरक्षित सेवा उद्देश्य सहित नयाँ योजना सार्वजनिक गरिएको सम्सारा रेमिटका बजार तथा व्यापार प्रवद्र्धन निर्देशक सुरज क्षेत्रीले बताए । ‘यस नगद योजनाले आउँदै गरेको महान् चाडपर्व अझ वढी खुशी र उमङ्गले मनाउनलाई सहयोग गर्नेछ,’ उनले भने ।

सन् २००६ मा स्थापित सम्सारा रेमिटले ३ हजारभन्दा सब–एजेन्टमाफर्त रेमिट्यान्स भुक्तानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्