Logo

रेनोल्ट क्यासटिभल योजना घोषणा, १ लाख २५ हजार सम्म क्यासव्याक

रेनोल्ट क्यासटिभल योजना घोषणा, १ लाख २५ हजार सम्म क्यासव्याक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालमा रेनोल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाईल प्रालिले रेनोल्ट क्यासटिभल योजना घोषणा गरेको छ । यो योजना असोज १४ गते देखि कार्तिक २१ गतेसम्म लागू हुने बताइएको छ ।

रेनोल्ट क्यासटिभल अफरले सपनाकोे रेनोल्ट कार खरिद गर्न चाहने नेपाली ग्राहकहरुले यो अवधि भर उत्कृष्ट सुविधाहरु प्राप्त गर्नेछन् । महोत्सव अफरको एक भाग अन्तर्गत, ग्राहकहरुले रेनोल्ट डस्टरको खरिदमा रु. १ लाख २५ हजार तथा क्विडको खरिदमा रु.९० हजार क्यास ब्याक प्राप्त गर्नेछन् ।

क्यास ब्याकको अतिरिक्त, ग्राहकहरुले रु.१० हजार मूल्य बराबरको गिफ्ट ह्याम्परका साथै जोडिहरुले (रेनोल्ट डस्टरको मोडेल आरएक्सजेड प्लस, एएमटी, आरएक्सजेड प्लस एडब्लुडी को खरिदमा सिंगापुरको राउण्ड ट्रिपको टिकट फ्री । अफरको स्कीम लागू हुने अवधिसम्म कम्पनीले एक्सचेन्ज अफरका साथै न्यूनतम ब्याजदरमा मासिक किस्ताबन्दी र एक वर्षको लागि सडक कर छुट सुविधा उपलब्ध गराउनेछ ।

जसले गर्दा ग्राहकहरुले आफ्नो पुरानो गाडिहरु साटेर नयाँँ रेनो कार सहज रुपमा खरिद गर्न सक्नेछन् । रेनोल्ट फ्रेन्च बहुद्देशिय अटो मोबाईल उत्पादक हो, जून नेपाली बजारमा गत महिना मात्र प्रवेश गरेको हो ।

यो नेपालको सबैभन्दा ठूलो मध्ये एक व्यवसायीक समूह विशाल समूहसँग आवद्ध रहेको छ । एडभान्स अटोमोबिल प्रालि (विशाल समूहको सहायक), ले नेपालमा रेनोका तोकिएका श्रेणीका क्विड तथा डस्टर कारहरु उपलब्ध गराईरहेको छ । रेनोल्ट समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्