Logo

ताम्राकार कम्प्लेक्सको दसै तिहार योजना, मोटरसाइकलदेखि विभिन्न खाली नजाने उपहार

ताम्राकार कम्प्लेक्सको दसै तिहार योजना, मोटरसाइकलदेखि विभिन्न खाली नजाने उपहार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मोबाइल हब ताम्राकार मोबाइल कम्प्लेक्सले विजया दशमी, दीपावली तथा छठको अवसर पारेर उपभोक्तालाइ आकर्षक छुट र उपहार लिएर आएको छ । कम्प्लेक्सले ‘यो दसै तिहार, ताम्राकारमा उपहारै उपहार’ अभियान सञ्चालनमा लयाउन लागेको हो । असोज १२ गतेदेखि कार्तिक २१ गतेसम्म चल्ने योजनामा छुट तथा विभिन्न उपहारहरु रहेका छन् ।

ताम्राकार हाउसभित्रको ताम्राकार मोबाइल कम्प्लेक्समा मोबाइल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । जुनसुकै पसल तथा सोरुममा मोबाइल खरिद गरे उपभोक्ताले बजाजको नयाँ संस्करण २०० सिसी मोटरसाइकलको बम्पर उपहारका लागि सहभागि बन्नेछन् ।

त्यस्तै अभियानको पहिलो चरणका लागि गोलाप्रथाद्धारा असोज २१ गतेसम्म दैनिक एकजनालाई सामसङको ३२ इन्चको एलसीडी टिभी दिने मोवाइल कम्प्लेक्स मोवाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए । त्यस्तै दैनिक ३ जनालाई स्मार्टफोन र १० जनालाई पावरब्यांक प्रदान गरिने उनले जानकारी दिए ।

उनका अनुसार ताम्राकार कम्प्लेक्सले दसैंपछि लगत्तै दोस्रो चरणका लागि नयाँ अफरहरु सार्वजनिक गर्नेछ । १० बर्षअघि स्थापना भएको ताम्राकार मोबाइल कम्प्लेक्समा नेपाल भित्रिने मोबाइलहरु सबैभन्दा पहिला उपलब्ध हुन्छन् । प्रत्येक दिन मोबाइल एक्स्पो जस्तै हुने यो कम्प्लेक्समा विश्व ब्राण्डका विभिन्न कम्पनीले प्रबद्र्धनात्मक कार्यक्रम पनि गर्दै आइरहेको संघका सचिव गुरुदत्त शर्माले जानकारी दिए ।

एप्पल, सामसङ, हुवावे, जियोनी, साओमी, लाभा, युएमआई, ओप्पो, मेजु, कलर्स, माइक्रोम्याक्स, एलजी, सिजी, जेटिइ, ओबिआई, कार्बन, सेल्कन, किवी, वीनकम, फ्लाई, सोनी, पानासोनिक, डिटसी वन प्लस, रेज, केन्ट, स्पाइसलगायतका मोबाइलहरुको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध रहेको छ । कम्प्लेक्समा न्यूनतम १ हजारदेखि अधिकतम १ लाख ५० हजार रुपैयाँसम्मको मोबाइल उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्