Logo

रोकिएन नेप्सेको ओरालो यात्रा, २० अंकको घटेर बन्द भयाे बजार

रोकिएन नेप्सेको ओरालो यात्रा, २० अंकको घटेर बन्द भयाे बजार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज –नेप्से)को ओरालो यात्रा रोकिएको छैन । बजेट भाषणको दिनदेखि ओरालो लाग्न सुरु गरेको नेप्से बिहीबार १९.८९ अंकले घट्दै २०६९ को विन्दुमा झरेर रोकिएको छ ।

आज ३ सय ११ कम्पनीका ९८ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २१ करोड ७४ लाख माथि पुगेको छ । आज कुल कारोबार भएका कम्पनीहरुमध्ये१ सय ७३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७० कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिन्छ ।

आज कारोबारमा आएकामध्ये वित्त, जलविद्युत र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL