Logo

बजेटले ल्याएन सेयर बजारमा रौनक, परिसुचक २१ अंकले घट्दा १९१ कम्पनीको सेयरमूल्यमा गिरावट

बजेटले ल्याएन सेयर बजारमा रौनक, परिसुचक २१ अंकले घट्दा १९१ कम्पनीको सेयरमूल्यमा गिरावट



काठमाडौं । मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएपनि त्यसले सेयर बजारमा प्रभाव नपारेको देखिएको छ । लगानीकर्ताहरुले बजेटमार्फत सेयर बजारका केहि समस्याहरु हट्ने आशा गरेपनि सोही अनुसार नभएपछि बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले घट्न पुगेको छ ।

बुधबार बजार २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा झरेर रोकिएको छ । यसअघि २१ सय विन्दु पार गरिसकेको नेप्से पुनः ओरालो लागेको हो । आज कारोबार अवधिभर ३ सय १४ कम्पनीका १ करोड ७ लाख ३८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ४ अर्ब ५७ करोड ५० लाख माथि पुगेको छ ।

आज बजार उच्च अंकले घटेपनि ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । तर आज बजारमा कारोबारमा आएकामध्ये १ सय ९१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा ५६ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL