Logo

सवै समुह हरियो हुँदा २६ अंकले बढ्यो नेप्से, किन बढ्यो एभरेष्टको कारोवार ?

सवै समुह हरियो हुँदा २६ अंकले बढ्यो नेप्से, किन बढ्यो एभरेष्टको कारोवार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता लगातार ओरालो लागेको नेप्से परिसुचक आज उकालो लागेको छ । बजार खुलेदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तममा २२ दशमलव ४६ अंकले बढ्न गएको छ । सोमबार परिसुचक १ हजार ७ सय ५७ अंकमा पुगेर अडिएको छ ।

सोमबार बजारमा सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये बैंक तथा वित्तीय समुहको परिसुचक उच्च रुपमा बढ्न समग्र नेप्से परिसुचक २२ अंकभन्दा बढीले बढ्न गएको हो । सो दिनमा बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ३१ दशमलव ७६ अंकले बढेको छ । यसैगरी विकास बैंक समुह १८ अंकले बढेको छ भने बीमा समुह ८७ अंकले उकालो लागेको छ ।

बजारमा होटल समुहका ५४ अंकले बढ्दा जलविद्युत समुह २१ अंकले उकालो लागेको छ । बजारमा दिनभर कुल १ सय ३२ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल १ अर्ब ७ करोड रुपैयाँ बरावरको ११ लाख ४१ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

बजारमा सवैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोवार भएको छ । सो बैंकको सेयर प्रतिकित्ता १ सय ४९ रुपैयाँले बढेर २२ करोड २२ लाख रुपैयाँको खरिदविक्री भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई ४० प्रतिशतभन्दा बढी बोनस दिने तयारी गरिरहदा त्यसप्रति आकर्षण बढेको हो । यसैगरी नेपाल बंगलादेश बैंकको पनि १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL