Logo

सुनको भाउमा दिनहुँ उतारचढाव, प्रतितोला ५८ हजार ९ सय, चाँदीको मूल्य ओरालो

सुनको भाउमा दिनहुँ उतारचढाव, प्रतितोला ५८ हजार ९ सय, चाँदीको मूल्य ओरालो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला १ सयले ओरालो लागेको छ । आइतवार प्रतितोला ५९ हजारमा कारोवार भएको सुन आज घटेर ५८ हजार ९ सयमा झरेको हो ।

सोमवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ८ सय ८० रुपैयाँमा झरेको छ । आइतवार चाँदी ८ सय ९० मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्