काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) को आईएमई हात हुँदैन खाली योजना अन्तरगत तिलकबहादुर श्रेष्ठ पहिलो भाग्यशाली विजेता घोषित भएका छन् । आईएमईले विजया दशमी–२०७३ लक्षित गरी ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत श्रेष्ठ पहिलो विजेता बनेका हुन् ।
कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट रकम पठाएका आईएमईका सेवाग्राही श्रेष्ठ विजेता भएका हुन् । उनले कुल ३७ हजार ८१ रुपैयाँ पठाएका थिए । फेसबुक लाईभ मार्फत सार्वजनिक गरिएको उक्त कार्यक्रममा आईएमईका प्रवन्ध निर्देशक हेम राज ढकालको उपस्थिती रहेको थियो ।
यहि आश्विन १, देखि आश्विन ३०, गर्न लागेको ‘आईएमई हात हुँदैन खाली’ योजनामा नेपालका १ सय ४७ आईएमई सेन्टर सहित ५ हजार २ सयभन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् ।
यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेटे आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले ६ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ । यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास आईएमईले लिएको छ ।