Logo

विद्युतीय स्कुटर लुयानको प्री मनसुन अफर, स्कुटर खरिदमा ३० हजार नगद पुरस्कार पाइने

विद्युतीय स्कुटर लुयानको प्री मनसुन अफर, स्कुटर खरिदमा ३० हजार नगद पुरस्कार पाइने



काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय स्कुटर लुयानको आधिकारिक वितरक जिरो ईमिसन राइड एनले लुयान प्री मनसुन अफर सार्वजनिक गरेको छ ।

२०८१ जेठ ११ गते देखि जेठ मसान्तसम्म लागू हुने गरी लुयान प्री मनसुन अफर सार्वजनिक गरेको हो । लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर संचालन गरिएको हो ।

कम्पनीले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद ३० हजार रुपैयाँ छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् । एउटा प्रिमियम हेलमेट, एउटा रेनकोट तथा एउटा बाइक कभर समेत ग्राहकले निशुल्क प्राप्त गर्नेछन् ।

सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरुले प्राप्त गर्नेछन् ।

यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ ।

यो स्किम हाम्रो मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत हाम्रा अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।
लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।

यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
MBL