Logo

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार, प्रथम हुनेलाई फसिनो स्कुटर उपहार

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार, प्रथम हुनेलाई फसिनो स्कुटर उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटीभी मोवाइलले लेटेस्ट आफ्नो आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ ।
असोज ७ गतेबाट मंसिर ७ गतेसम्म आफ्ना आउटलेटबाट मोबाइल खरीद गर्ने ग्राहकहरुवीच लक्कि ड्र गरि प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर प्रदान गर्ने छ ।

त्यस्तै दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुने एकजनालाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको बताइएको छ । सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने छ ।

यसका साथै आफ्ना आउटलेटबाट छुटको अफर, एक्सचेन्ज अफर, ६० मिनेट केयर सर्भिसको फाइदा लिन सिटिभी मोबाइलले आग्रह गरेको छ ।

यो योजनामा सहभागी हुने ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स तथा सिटिसी मलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ ।

दशैं तिहार बम्पर उपहार सँगै आफ्ना सिटीभीले आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गरिरहेको छ । स्टकमा रहेका कतिपय मोबाइल ५० प्रतिशत सम्म छुट गरिरहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

सिटिसी मोबाइल बजारमा जारी मोबाइल एक्स्पोमा पनि यो अफर लागूहुने द वल्र्डभिजन प्रालिका प्रबन्ध निर्देशक संगम राइले बताए । मेलामा दिइएको बिभिन्न अफरको अलावा आफ्नो आउटलेटबाट ग्राहकले अन्य छुट प्राप्त गर्न सक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्