Logo

हिमस्टारको सवै ह्याप्पी सवै लक्की योजना, राइसकुकर देखि एलइडी टिभी उपहार

हिमस्टारको सवै ह्याप्पी सवै लक्की योजना, राइसकुकर देखि एलइडी टिभी उपहार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । हिमस्टार इलेक्ट्रोनिक्स तथा होम अप्लाएन्सका आधिकारिक विक्रेता हिमस्टार होम अप्लाएन्समा ‘सबै ह्याप्पी सबै लक्की’ योजना सार्वजनिक गरेको छ । हिम इलेक्ट्रोलिक्स प्रालिले दशैं तथा तिहारको अवसर पारेर कम्पनीले हिमस्टारका रेफ्रिजेरेटरहरु, एलईडी टिभीहरु तथा चेस्ट फ्रिजरहरुमा ग्यारेण्टी गरिएका उपहारहरु ग्राहकहरुले प्राप्त गर्न सक्ने घोषणा गरेको हो ।

खरिदकर्ताहरुले हरेक फोर स्टार सिंगल डोर फ्रिजको खरिदमा हिमस्टार आइरन, फाइभ स्टार सिंगल डोर फ्रिजको खरिदमा बजाज आइरन, हिमस्टार चेस्ट फ्रिजरको खरिदमा टिसर्ट प्राप्त गर्नेछन् । त्यसैगरी खरिदकर्ताहरुले ३९ इन्च, ४० इन्च र ५० इन्चको हिमस्टार एलईडी टिभीको खरिदमा हिमस्टार राइस कुकर प्राप्त गर्नेछन् ।

१९ इन्च, २० इन्च, २२ इन्च, २४ इन्च र ३२ इन्चको एलईडि टिभीको खरिदमा विण्ड चीटर नि:शुल्क प्राप्त गर्ने बताइएको छ । नेपालको प्रसिद्ध ब्राण्ड हिमस्टारले बजारमा उत्कृष्ट इलेक्ट्रोनिक्स होम अप्लाएन्स प्रदान गर्दै आएको छ ।

दशैं तथा तिहारमा ग्राहकहरुले हिमस्टारका उत्पादनहरु खरिद गरेर उत्कृष्ट अनुभव लिन सक्ने कम्पनीको विश्वास छ । सबै लक्की सबै ह्याप्पी योजना तिहारसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्