Logo

सिटिसी मोबाइल एक्स्पो २०१६ शुक्रवारदेखि सुरु, मोवाइल खरिदमा छुटैछुट

सिटिसी मोबाइल एक्स्पो २०१६ शुक्रवारदेखि सुरु, मोवाइल खरिदमा छुटैछुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ शुक्रवारदेखि सुरु भएको छ । सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहित एक्स्पो शुरु भएको हो ।

एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ति ल्याएको बताए । उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घर घरमा इन्टरनेटकोे बिशेष कार्ययोजना अनुसार नै नेपालमा सूचना प्रबिधीको विकास भैरहेको दावी समेत गरे । आफ्नो सोही योजना नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको समेत जानकारी दिए ।

वर्तमान युगमा जनताको भावनलाई समेट्दै अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका थिए । सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मलमा रहेका व्यवसायीहरुको हितका पक्षमा मलले सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । सिटिसी मललाई मल्टिपल सपिङ डेस्टिनेशनका रुपमा विस्तार गर्ने तयारी भैरहेको समेत जानकारी दिएका थिए ।

त्यस्तै सामसङ नेपालका प्रणय रत्न स्थापितले नेपालकै ठुलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मदत पुग्ने अपेक्षा सहित मुख्य प्रायोजक बनेको बताए ।

कार्यक्रममा टेलिटकका प्रबन्ध निर्देशक सञ्जय अग्रवालले पनि यसपालीको एक्स्पोबाट कम्पनीको बजारीकरणमा ठुलो योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।
उद्घाटन समारोहमा सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बजार प्रवद्र्धनको मुख्य योजनासहित एक्स्पोको आयोजना गरेको बताए । सिटिसी मोबाइल बजारमा ग्रे मार्केटका फोनलाई पुर्णत निषेध गरिएको बताउँदै उनले सस्तो र गुणस्तरिय मोबाइल खरिदका लागि सिटिसीम मोबाइल बजार उपयुक्त गन्तव्य भएको समेत बताएका थिए ।

असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।

एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्सलगायतले आफ्नो सर्भिस दिइरहेका छन् । ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।

निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ ।

मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्स्पोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

एक्स्पोमा सिटिभी मोबाइलले एलजी मोबाइलको एल ६ मोडलको खरिदमा अर्कौ मोबाइल उपहार स्वरुप प्रदान गरेको छ । यसैगरि युरोपका ३० वटा देशमा ख्याती कमाएको र नेपालमा पहिलो पटक भित्रिएको युएमआइ मोबाइले आफ्नो बुकिङ शुरु गरेको छ । एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल , फ्रिज, टिभी लगायतका उपहार समेत प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्