Logo

एनसेल मेलामा रमायो धरान, शुभकामना आदानप्रदान गर्न शनिवार बिर्तामोड पुग्दै

एनसेल मेलामा रमायो धरान, शुभकामना आदानप्रदान गर्न शनिवार बिर्तामोड पुग्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आयोजना गरेको एनसेल मेला २०७३ धरान पुगेको छ । एनसेलले बिहीबार पब्लिक हाई स्कुल मैदान, धरानमा यो मेला आयोजना गरेको हो ।

बिहान ११ बजे शुरु भएको मेलामा दर्शकहरुले चर्चित कलाकारहरुको प्रस्तुतीलगायत विविध कार्यक्रम र गतिविधीहरुको मज्जा लिएका थिए । मेलामा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु थियो । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलनअमात्य,लाउरे, सन्दिप क्षेत्री, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती दिएका हुन् ।

मेलामा सबै उमेर समुहका दर्शकहरुलाई ध्यानमा राखेर रोचक कार्यक्रम तथा स्टलहरु समावेश गरिएका छन् । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता विविध आकर्षणहरु रहेका छन् । गेम स्टलहरुमा सुट द रावण, मिनीबास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोललगायतका गेमहरु रहनेछन् ।

डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्सपेरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था समेत मिलाईएको थियो । त्यसैगरी एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनौठो अनुभव बटुले ।

लाखे नाच,दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथआदीपनि मेलामा समावेश गरिएका छन् भने नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरुपनि रहेकाछन् । धरानपश्चात एनसेल मेला अब असोज ८ गते बिर्तामोडमा पुगेर समापन हुनेछ ।

पूर्वमा चाडपर्वको अवसरमा आफ्नो ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न र खुसीयाली साट्न यो मेला आयोजना गर्न लागेको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । साथै मनोरन्जनात्मक कार्यक्रमहरुले भरिपुर्ण एनसेल मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्