Logo

रोयल इन्फिल्डको हिमालयन बाइक सार्वजनिक, मूल्य ५ लाख ६१ हजार

रोयल इन्फिल्डको हिमालयन बाइक सार्वजनिक, मूल्य ५ लाख ६१ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रोयल इन्फिल्डको हिमालयन बाइकको नेपालमा बिक्री सुरु भएको छ । बिहीवार एक कार्यक्रमवीच हिमालयन रोयल इन्फिल्डका प्रोजेक्ट लिडर प्रदीप म्याथु र एमभी दुगड समूहका मोतिलाल दुगडले सो बाइक सार्वजनिक गरे ।

सो अवसरमा दुगडले नेपाली अफरोड बाइक राइडरले रुचाउने बताए । ‘नेपाली नाम र नेपालको हिमाली क्षेत्रमा अनुसन्धान र इन्जिन टेष्ट गरिएका कारण यो नेपाली युवाहरुको रोजाई बन्न सक्छ’ उनले भने ।

भारतको रोयल इन्फिल्डले बाइक उत्पादन अघि पनि नेपाल र भारतको हिमाली क्षेत्रमा यसको इन्जिनको परीक्षणपछि व्यवसायिक रुपमा उत्पादन सुरु गरेको थियो ।

रोयल इन्फिल्डको सो बाइक शक्तिशाली र आरामदायी रहेको कम्पनीको दाबी छ । हिमालयनको डिजाइन रोयल इन्फिल्डकै अघिल्ला मोडल थन्डरबर्ड र कन्टिनेन्टल जीटीबाट प्रेरित भएको कम्पनीले जनाएको छ । एलएस चारसय १० शक्तिशाली इन्जिन भएको यो बाइक साहसिक पर्यटनका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

हिमालयन ग्रेनाइड र स्नो गरी दुई रंगमा उपलब्ध छ । यो विशेषगरी अफ रोडमा एडभेन्चर बाइक चलाउनेका लागि उपयुक्त हुने बताइएको छ ।
४ सय ११ सीसी क्षमताको फोर स्ट्रोक सिंगल सिलिन्डर भएको यो बाइकमा एयर कुलिङ सिस्टम छ । यसमा २ सय २० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ ।

यसमा १५ लिटर इन्धन अट्ने ट्यांकी छ। हिमालयनले नेपालमा भने प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीले जानकारी दिएको छ । यसको बजार मूल्य ५ लाख ६१ हजार रहेको छ । नेपालको हिमाली क्षेत्रमा अनुसन्धान र परीक्षणपछि उत्पादन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्