Logo

बिजी मलमा सुरु भयो ‘फ्यान्टास्टिक दशैं तिहार योजना, हरेक दिन उपहार

बिजी मलमा सुरु भयो ‘फ्यान्टास्टिक दशैं तिहार योजना, हरेक दिन उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाण्डौंको नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलले दशैं तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । राजधानि र मोफसलका समस्त ग्राहक वर्गलाई लक्षित गर्दै उपहार योजना सञ्चालन गरेको हो ।

योजना अन्तर्गत १ हजार रुपैंया भन्दा बढीको सामान खरिदमा धेरै भन्दा धेरै उपहार प्राप्त गर्न सकिने बताइएको छ ।मलले बुधबारदेखि उपहार योजना सुरु गरेको हो । चाड पर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहार सहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।

गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पुर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका स्थल सहित बिजि मल संचालनमा ल्याएको उनले भने । उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरमणि तिमल्सिनाले बताए । ‘सामान खरिद गरेपछि ग्राहकले पाउनेउपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहार प्रदान गर्ने व्यवस्था गरेका छौं’ उनले भने ।

उपहारमा ग्राहले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्न सक्ने छन् । त्यसै गरी साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिंग मेशिन, सिजि ग्यास तथा इलेक्ट्रििक हिटर, सिजि इलेक्ट्रिक ओभन र सिजि साउण्ड बार प्राप्त गर्न सक्नेछन् ।

उपहार योजनाको बम्पर उपहारका रुपमा ग्राहकरु मध्येबाट एक एक जनाले टिभिएस अपाची आरटिआर मोटरसाइकल, टिभिएस जुपिटर स्कुटर तथा एक जोडीले ४ रात ५ दिनको बैंकक ट्रिपमा जाने अवसर पाउने छन् ।

उपहार योजना कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्