काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकृत कम्पनीहरुलाई तत्काल नविकरण गर्न निर्देशन दिएको छ । सुचिकृति कम्पनीहरुले चालू आर्थिक वर्षको असोज मसान्तसम्म वार्षिक सुचिकरण शुल्क बुझाउन नेप्सेले सुचना जारी गरेको छ ।
धितोपत्र कारोवार नियमावली २०५० अनुसार चुक्ता पूँजी अनुसार न्युनतम १५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँसम्म नविकरण शुल्क बुझाउनु पर्ने हुन्छ । जसका लागि ग्लोवल आईएमई बैंकको कमलादी तथा अन्य शाखा कार्यालयमा रकम जम्मा गरी नेप्सेमा भौचर बुझाउनु पर्नेछ ।
तोकिएको समय भित्रै नविकरण शुल्क नबुझाएमा सेयर कारोवार समेत रोक्का गरिने नेप्सेले जानकारी दिएको छ ।