Logo

‘कोका-कोला महोत्सव’ योजना सार्वजनिक, यी रेष्टुरेण्टहरूमा २५ प्रतिशतसम्मको छुट

‘कोका-कोला महोत्सव’ योजना सार्वजनिक, यी रेष्टुरेण्टहरूमा २५ प्रतिशतसम्मको छुट



काठमाडौँ । कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले रेष्टुरेण्टहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरूसँग सहकार्य गरेको छ । यी रेष्टुरेण्टहरूमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरूले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरूसँग निःशुल्क कोक प्राप्त गर्न सक्नेछन् ।

कोका–कोलाको कोकंमिल्स् क्याम्पेनको नयाँ संस्करणको रूपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ वैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्