Logo

एकैदिन ५ सयले बढ्यो सुनको भाउ, तोलाको ५८ हजार ९ सय, चाँदीमा पनि बृद्धि

एकैदिन ५ सयले बढ्यो सुनको भाउ, तोलाको ५८ हजार ९ सय, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ९ सयले उकालो लागेको छ । बुधवार तोलाको ५८ हजार ४ सयमा कारोवार भएको सुन आज ५८ हजार ९ सय पुगेको हो ।

त्यस्तै विहीवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदी ८ सय ९० मा पुगेको छ । बुधवार प्रतितोला ८ सय ७५ मा किनबेच भएको चाँदी आज बढेर ८ सय ९० पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्