Logo

धितोपत्र बोर्डले जारी गर्यो १० बुँदे निर्देशन, मर्ज भएको १५ दिनभित्र सेयर कारोवार

धितोपत्र बोर्डले जारी गर्यो १० बुँदे निर्देशन, मर्ज भएको १५ दिनभित्र सेयर कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर कार्य सकिएको बढीमा १५ दिनभित्र सेयर कारोवार गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको मर्जर सम्पन्न भएको लामो समयसम्म पनि सेयर कारोवार नभएको गुनासो आएपछि बोर्डले तत्काल कारोवार गर्न निर्देशन दिएको हो । ‘अवका दिनमा एकिकृत कारोवार शुरुसँगै सेयर कारोवार पनि शुरु गरिनुपर्छ,’ बोर्डद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यदि नभएमा १५ दिनभित्र अनिवार्य रुपमा शुरु गर्नुपर्ने छ ।

यसैगरी बोर्डले मर्चेन्ट बैंकरहरुलाई शाखा कार्यालय थप गर्न निर्देशन दिएको छ । सार्वजनिक निष्काशनको क्रममा दरखास्त फारम लिन, बुझाउन र रकम जम्मा गर्न संकलन केन्द्रको संख्या कम भई सेवाग्रहीले अनावश्यक भन्झट बेहोर्नु परेको, हकप्रद सेयर वापतप्राप्तहुने खण्डित सेयर तथा भौतिक तथा अभौतिक (डिम्याट) रुपमा रहेको सेयर अनुसार हकप्रद सेयर भर्दा समस्या भएको गुनासो आएपछि बोर्डले शाखा थप गर्न निर्देशन दिएको हो । साथै प्रत्येक संकलन केन्द्रमा जेष्ठ नागरिक, अपाङ्ग तथा महिला लगानीकर्ताहरुको लागि सहज रुपमा अर्थात आवश्यकता अनुसार छुट्टै काउण्टर तथा लाइनको व्यवस्था गरी फारम भर्न व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यसैगरी हकप्रद निष्काशनको क्रममा सेयरधनीको संख्या र ठेगानालाई आधारमानी सेयरधनीहरुको पहुँच हुने गरी संकलन केन्द्र तोक्ने र दरखास्त फारामको हकमा निष्काशन कर्ता कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईटबाट समेत डाउनलोड गरी भरेर बुझाउन सक्ने व्यवस्था गर्न दिर्नेशन दिएको छ ।

आगामी दिनमा सेयरधनीको आफ्नो हकवापतको सेयर खण्डित हुने भएमा खण्डित सेयरलाई पूर्ण कित्ताको रुपमा नपुग रकम समेत लिई आवेदनदिने व्यवस्थागर्ने÷गराउने र त्यसो गर्दा सम्बन्धित कम्पनीको पूँजी संरचना परिर्वतन हुने अवस्था आएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा थपधितोपत्रहरु बोर्डमा दर्ता गरिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । साथै आगामी दिनमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुपको क्लियरिङ्ग शुल्क मात्र लिन आग्रह गरेको छ भने एकाघर परिवारको दरखास्तफाराम समावेश गरी आवेदन दिएको अवस्थामा दरखास्तवालामध्ये कुनै एक व्यक्तिको खाताको एकाउण्ट पेयी चेकमार्फत रकम जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बोर्डले जनशक्तिको महत्वलाई दृष्टिगत गरी मर्चेन्ट बैंकरहरुले आफ्नो नाफाको केही निश्चित प्रतिशत रकम मानव संशाधन विकासका लागि छुट्याई सोको जानकारी बोर्ड दिन समेत निर्देशन दिएको छ । यसका अलावा सेवाग्राहीलाई प्रदान गरिने सेवाचुस्त दुरुस्त बनाउन सम्बन्धित कर्मचारीलाई अनिवार्यरुपमा प्रशिक्षित गराउने पर्ने छ ।

यसैगरी सर्वसाधारण लगानीकर्ताहरुले नयाँ हितग्राहीखाता खोल्दा अनिवार्य रुपमा बैंक खाता राख्ने व्यवस्था तत्काल मिलाउन र हितग्राहीखाता खोलिसकेका लगानीकर्ताको हकमा बैंक खाता सम्बन्धी विवरण अनिवार्यरुपमा अद्यावधिक सीडीएस एण्ड क्यिरिङलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL