Logo

साईमेक्स् इन्कद्वारा लक्की ड्र विजेता घोषित, ११ जना युरो कप हेर्न जाँदै

साईमेक्स् इन्कद्वारा लक्की ड्र विजेता घोषित, ११ जना युरो कप हेर्न जाँदै



काठमाडौं । साईमेक्स् इन्कको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटोले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। विजेताहरुले जर्मनीमा हुने युरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाएका छन् । उक्त आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरुलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

साईमेक्स् इन्कले यो फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरुबाट ११ जना भाग्यशाली ग्राहकहरु लक्की ड्रबाट चयन गरि विजेता घोषित गरिएको हो। बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्क का अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गरेका थिए ।

दुई चरण गरी लक्की ड्रबाट निकालिएका बिजेताहरुको नामावली अनुसार बिवाइडी कस्टमर कार्निभल जयराम न्यौपाने कोड नम्बर ४०७ शास्वत गौतम, कोड नम्बर ०७४ श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ विजेता भएका छन् ।

यस्तै कोड नम्बर ०८८ बिजेन्द्र शाक्य, कोड नम्बर ३७३ , कबिनराज श्रेष्ठ, कोड नम्बर ०२६ दिनेश प्याठाले युरोकप हेर्ने मौका पाएका छन् ।

यता दोस्रो चरणका बिजेताहरुमा कोड नम्बर ६६२ गणेश कँडेल कोड नम्बर ६५३ डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना कोड नम्बर ६८२ प्रदीप पौडेल कोड नम्बर १६२ सगरमाथा टेलिभिजन र बिमल गुरुङ, कोड नम्बर ६९१ जयप्रकाश दास, कोड नम्बर २०० सजिना पाण्डेय रहेका छन् ।

नेपाली अब युरो कपमा योजनाको ११ भाग्यशाली विजेताहरुलाई बधाई दिन पाउँदा हामी अत्यन्तै खुसी भएको बताउँदै यस किसिमका योजनाहरुले ग्राहकवर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुद प्रतिको समर्थन र प्रतिबद्धतालाई जोड दिने विश्वास कम्पनीका अध्यक्ष समीर श्रेष्ठले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL