Logo

यूएम बाइकको नयाँ शोरुम लाहानमा, दशैं तिहारको अवसरमा १५ हजारसम्म छुट

यूएम बाइकको नयाँ शोरुम लाहानमा, दशैं तिहारको अवसरमा १५ हजारसम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अमेरिकी प्रविधिमा निर्मित यूएम वाइकको नयाँ शोरुम लाहानमा स्थापना गरिएको छ । सागर टेडर्सले विश्वकर्मा पूजाको अवसर पारि सेल्स सर्भिस तथा स्पेयर्स सुविधा सम्पन्न शोरुमको उद्घाटन गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अशोक अग्रवाल, लहान उद्योग बाणिज्य संघको अध्यक्ष सुनिल महतो तथा आईएमई अटोमोटिभ्समा यूएमका डिभिजन हेड उज्वल जोशीले शोरुमको उद्दघाटन गरे ।

नेपालका लागि आधिकारीक वितरक रहेको आइएमई गु्रपअन्तर्गत आईएमई अटोमोटीभ्सले देशका विभिन्न अन्य क्षेत्रमा १५ वटा सेल्स सर्भिस र स्पेयर सुविद्यायुक्त शोरुमहरु खोलीसकेका छन् ।

तीस भन्दा वढी देश र १ हजार ३ सय वटा भन्दा वढी शोरुमहरुवाट विक्री शुुरु भइसकेको यस यूएम ब्राण्डका मोटरसाईकल तथा स्कुुटर वाइक पारखीहरुलाई एउटा छुटै नयाँ अनुुभव दिने लाहानका प्रोपाईटर सन्दीप उपाध्यायले जानकारी दिए ।

उद्घाटनको अवसरमा ग्राहकहरुलाई दशैं तिहार छुुट अफर अन्तर्गत रु. १५ हजारसम्म छुटको साथै नेपालभर बाट बम्पर मार्फत १ जनालाई रु. ५ लाख नगद र्फिताको अफर ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्