Logo

बैंकिङ समुहले घटायो नेप्से, करिव १८ अंकले घट्दा १ अर्व ३४ करोडको कारोवार

बैंकिङ समुहले घटायो नेप्से, करिव १८ अंकले घट्दा १ अर्व ३४ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक १७ दशमलव ९८ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८६ दशमलव ५ अंकमा झरेर बन्द भएको हो ।

कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी २८ दशमलव २६ अंकले घटेको छ ।

त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुह २३ दशमलव ६, विकास बैंक १९ दशमलव ८,फाइनान्स १० दशमलव ६३ र अन्य समुह १० दशमलव ४१ अंकले ओरालो लागेको छ । यता बीमा र होटल समुहको परिसुचक भने क्रमशः ३५ दशमलव ३५ र १४ दशमलव ८८ अंकले बढेको छ ।
मंगलवार नविल बैंकको सवैभन्दा बढी १७ करोेडको कारोवार भएको छ ।

त्यस्तै १२ करोड ६१ लाख बराबरको एनआइसी एसियाको कारोवार भएको छ । मंगलवार १ सय ४४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १६ लाख १५ हजार कित्ता सेयरबाट १ अर्व ३४ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्