Logo

महिन्द्राको नयाँ शोरुम जनकपुरमा, एमयुभीएस देखि पावरोल जेनेरेटर उपलब्ध

महिन्द्राको नयाँ शोरुम जनकपुरमा, एमयुभीएस देखि पावरोल जेनेरेटर उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । महिन्द्रा गाडीको नयाँ शोरुम जनकपुरमा स्थापना गरिएको छ । महिन्द्राको आधिकारीक विक्रेता अग्नी गुप्र अन्तर्गतको शोरुम श्री कृष्ण डिष्ट्रीब्यूटर्सको मुजेलियामा स्थापना गरिएको हो ।

ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुसार शोरुम स्थापना गरिएको बताइएको छ । शोरुम मार्पmत कम्पनीले महिन्द्राका एमयुभीएस, ट्रयाक्टर र पावरोल जेनेरेटर पनि उपलब्ध गराएको छ ।

साथै एसयुभीहरुमा निकै लोकप्रिय मोडलहरु केयुभी १००एम टियुभी ३०० र एक्सयुभी ५०० पनि सो शोरुममा उपलब्ध हुने छ ।

दशैं–तिहारलाई लक्षित गर्दै कम्पनीले ‘दशैं उत्सव अफर’ अन्तर्गत आफ्ना ग्राहकहरुलाई केयुभी १०० र टीयुभी ३०० गाडीको खरिदमा फ्रि ४ फूल फ्लेज्ड सर्भिस, एसेसोरिज तथा रोड ट्याकस योजना शोरुम लागु हुने छ ।

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै सेवाहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्