काठमाडौं । अमेरिकन व्राण्ड तथा भारतमा निर्मित युएम बाइकको फेष्टिभ हाई फाइभ योजना सार्वजनिक भएको छ । नेपालका लागि आधिकारीक विक्रेता आइएमई अटोमोटिभले दशैं तथा तिहारको अवसर पारी योजना सार्वजनिक गरेको हो ।
योजना अन्तर्गत युएम स्कुटर खरिदमा १० देखि १५ हजारसम्म नगद छुट र बम्पर पुरस्कारमा ५ लाख जित्न सकिने छ ।
योजना असोज १ गतेदेखि लागु भएको डिभिजन प्रमुख उज्जवल जोशीले जानकारी दिए । उनका अनुसार सो योजना कार्तिक २१ गतेसम्म लागु हुने छ ।