Logo

आईएमई हात हुँदैन खाली योजना,प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार

आईएमई हात हुँदैन खाली योजना,प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले दशैंलाई लक्षित गर्दै ‘आईएमई हात हुँदैन खाली’ योजना सावर्जनिक गरेको छ । असोज १ गतेदेखि एक महिना गर्न योजनामा नेपालका १ सय ४७ आईएमई सेन्टर सहित ५ हजार २ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् ।

योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहेका नेपालीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेको बताइएको छ ।

योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ ।

निश्चित उपहारका साथै दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईने छ । साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईने बताइएको छ ।

यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास आईएमईले लिएको छ । लक्की ड्र को नतिजा यस कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्