Logo

अप्रिलाको दशै तिहार अफर, बाईकको खरिदमा १४ हजार र १८ हजार छुट

अप्रिलाको दशै तिहार अफर, बाईकको खरिदमा १४ हजार र १८ हजार छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रेसिङ बाईक अप्रिलाले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरेर ‘दशै तिहार अनविलिभेवल डिस्काउण्ट अफर’ ल्याएको छ । यो उपहार योजना अन्तर्गत अप्रिलाको एसटिएक्स बाईकको खरिदमा १४ हजार रुपैयाँ र ईटिएक्स बाइक खरिदमा १८ हजार रुपैयाँ छुट पाउने कम्पनीले जानकारी दिएको छ ।

योजना अन्तर्गत प्रत्येक अप्रिला बाइकको खरीदमा ३ हजार रुपैयाँ पर्ने हेल्मेट सित्तैमा दिने बताइएको छ । हाल अप्रिला एसटिएक्सको बजार मुल्य रु.२ लाख ७९ हजार र अप्रिला ईटिएक्सको मूल्य रु.३ लाख ५० हजार छ ।

कम्पनीले मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराउने भएको छ । हाल बजारमा अप्रिलाको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ । यो बाइक १ सय५० सिसी क्षमताको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिन्छ

प्रतिक्रिया दिनुहोस्