Logo

एनबी इन्सुरेन्सको शाखा भैरहवामा, शाखा संख्या १४ पुग्यो, देशभर फैलदै

एनबी इन्सुरेन्सको शाखा भैरहवामा, शाखा संख्या १४ पुग्यो, देशभर फैलदै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । एनबी ईन्सुरेन्सले भैरहवामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले आज एक कार्यक्रमबीच रुपन्देहीको भैरहवामा आफ्नो १४ औं शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाकोसंचालक समितिका प्रतापजङ्ग पाण्डेले उद्घाटन गरेका हुन् । सो अवसरमा स्थानीय उद्योगी, व्यापारीलयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधी, सहकारी संस्थाका प्रमुख तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने लक्ष्य लिएको पाण्डेले बताए । कम्पनीले हालसम्म १४ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्दै आईरहेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीमा नयाँ लगानीकर्ताको रुपमा २०७१ साल माघबाट आईएमई गु्रप लगायत विभिन्न उद्योगी, व्यावसायी तथा प्रतिष्ठित व्यत्तित्वहरुको प्रवेशसंगै नयाँ व्यवस्थापनले राम्रो प्रगति गरेको बताए । साथै, हालै मात्र १० सेयर बराबर ८ कित्ता सेयरका दरले हकप्रद सेयर जारी गरी चुक्ता पूँजी २७ करोड रुपैयाँ पुर्याएको र आगामी दिनमा थप शाखा खोलेर आफ्नो सञ्जाललाई देशको विभिन्न भागमा पुर्याइने समेत उनले बताए ।

कम्पनीले आव २०७२/०७३ मा करिब २६ हजार बीमालेखहरुबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरी करिब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साथै चालू आवको प्रथम २ महिनामा करिब ८ हजार बीमालेखहरुबाट करिब १० करोड रुपैयाँ बीमशुल्क आर्जन गर्न सफल भएको सीईओ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्