Logo

महिन्द्राले एकैदिन बेच्यो ४० वटा स्कोर्पियो, पुनः दियो लोकप्रियताको परिचय

महिन्द्राले एकैदिन बेच्यो ४० वटा स्कोर्पियो, पुनः दियो लोकप्रियताको परिचय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा एकै दिन महिन्द्राको ४० वटा एसयुभी स्कोर्पियो कार विक्री भएको छ । महिन्द्रको नेपालको लागि आधिकारी विक्रेता अग्नि इन्कर्पाेरेटेडले एकै दिन सो परिमाणमा गाडी विक्री गरेको हो ।

एकै दिन महिन्द्रको ठूलो परिमाणमा स्कोर्पियो विक्री गरेर ग्राहकहरु बिच आफ्नो लोकप्रियता तथा उपयोगिताको पुनः एकपटक परिचय दिएको कम्पनीको दावी छ । साथै, महिन्द्रा स्कोर्पियोको नेपालमा अग्रणी भूमिका अभैm सुदृढ भएकोे कम्पनी विश्वास छ ।

विगत १ दशकभन्दा बढी सयमदेखि शहरी बाटोमा आरामदायी सफर अनि कच्ची सडक तथा अफ–रोडहरुमा अधिक पावर दिँदै महिन्द्रा स्कोर्पियोले सम्पूर्ण एसयूभीको अनुभव दिँदै आएको कम्पनीले जानकारी दिएको छ । यसका साथै महिन्द्राको उत्कृष्ट पर्पmरमेन्स् दिई एसयुभी गाडीहरुमा नेपालीहरुको पहिलो रोजाई बन्दै आइरहेको छ । साथै उत्कृष्ट माइलेज रकम मेन्टिनेन्स खर्चका साथ महिन्द्रा स्कोर्पियो ग्राहकहरुलाई सम्पूर्ण सुविधा गरेको समेत कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्