Logo

७ स्वादमा बाजेको मसला सार्वजनिक, बाजेको सेकुवाको सवै शाखामा उपलब्ध हुने

७ स्वादमा बाजेको मसला सार्वजनिक, बाजेको सेकुवाको सवै शाखामा उपलब्ध हुने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बाजेको सेकुवाले बाजेको मसला सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमवीच विभिन्न ७ प्रकारका मसला सार्वजनिक गरेको हो ।

जसअन्तर्गत मिट मसला,चिकेन करी मसला,मम मसला,गरम मसला बार्ह मसला,सेकुवा मसला र करी मसला रहेका छन् । शुरुमा बाजेको सेकुवाको सवै शाखामा सो मसला उपलब्ध गराइने बाजेको मसलाका प्रवन्ध निर्देशक नितिमा कार्की भण्डारीले जानकारी दिइन् ।

साथै असनलगायत शहरका प्रमुख बजार र किराना पसलहरुमा उपलब्ध हुने र क्रमिक प्रमुख पिार्टमेन्टल स्टोर तथा सुपर मार्केटमा उपलब्ध गराइने उनले बताइन् । मसला उत्पादनका लागि आवश्यक बच्चा पदार्थ तराइका विभिन्न जिल्लाबाट किसानको घरमा पुगेर संकलन गरिएको बताइएको छ ।

साथै आधुनीक प्रविधिको प्रयोग गरेर अनुभवी केमिस्टको निगरानीमा उत्पादन गरिने कार्कीले जानकारी दिइन् । मसलाको प्रयोगले जिव्रोमा नयाँ स्वादको आयाम थप्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्