Logo

केस कन्ट्रक्सनको शाखा कार्यालय धनगढीमा, पूर्वाधार निर्माणमा सहयोग

केस कन्ट्रक्सनको शाखा कार्यालय धनगढीमा, पूर्वाधार निर्माणमा सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केस कन्ट्रन्सनले धनगढीमा आफ्नो नयाँ शाखा खोलेको छ । केसको नेपालका लागि आधिकारीक विक्रेता फोर्स कन्ट्रक्सनले उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

सो शाखाको सूदुर पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष मदनबहादुर कुँवर र निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठी तथा सुदूर पश्चिमाञ्चल हेभी इकुप्मेन्ट व्यवसायी संघका अध्यक्ष यज्ञराज उपाध्यायले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

केस कन्ट्रक्सनले नेपालमा लोडर, रोलर, ग्रेडर, कम्प्याक्टरलगायतका निर्माण सामग्री विक्री वितरण गर्दै आएको छ ।

फोर्सले सोही दिन धनगढीमा ग्राहक भेला आयोजना समेत गरेको थियो । कार्यक्रममा कम्पनीले बिक्रि वितरण गर्दै आएका मेसिनहरुको जानकारी गराइएको थियो । कन्चनपुर, डोटी, बैतडी, बझाङलगायतका जिल्लाबाट केसका उत्पादनको वारेमा बुझ्न निर्माण व्यवसायी, क्रसर व्यवसायी, इट्टा व्यवसायी, हेभी इकुप्मेन्ट व्यवसायी तथा उद्योगी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL