Logo

हामीनिटको प्रदर्शनी तथा बिक्री मेला भदौ ३१ देखि, कपडा खरिदमा ९० प्रतिशतसम्म छुट

हामीनिटको प्रदर्शनी तथा बिक्री मेला भदौ ३१ देखि, कपडा खरिदमा ९० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हामीनिट जोरपाटीले भदौ ३१ गतेदेखि ऊलन, पश्मिना, कटन तथा बिभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । जोरपाटीको पिस व्यांक्वेटमा आयोजना गरिने मेला यहि भाद्र ३१ गते देखि आश्विन २ गते सम्म चल्ने छ ।

हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु स्वेइटर पञ्जा टि–शर्ट टोपी मफलर, सल लगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

हामीनिटले एक छुट्टै ब्राण्डको रुपमा आफुलाई चिनाउने उद्देश्यका साथ प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताए ।

त्यसै गरि दशैं तथा जाडो याम दुबैलाई मध्येनजर राख्दै ५० देखि ९० प्रतिशत सम्म विशेष छुटको पनि व्यवस्था गरेको उनले जानकारी दिए । प्रत्येक खरिदमा एक विशेष उपहार सहित यो मेला आयोजना गर्न लागेको हो । हामीनिटका केएलटावर चुच्चेपाटी र जोरपाटी टेलिकम पछाडी गरि दूईवटा आउटलेट छन ।

प्रतिक्रिया दिनुहोस्