Logo

कोका–कोलाको ‘ड्रिङ्क एण्ड विन’ अभियान सार्वजनिक, २० लाखसम्म जित्ने अवसर

कोका–कोलाको ‘ड्रिङ्क एण्ड विन’ अभियान सार्वजनिक, २० लाखसम्म जित्ने अवसर



काठमाडौँ । कोका–कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिङ्क एण्ड विन’ अभियान सार्वजनिक गरेको छ । यो अभियानअन्तर्गत ग्राहकहरूले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको हो ।

‘ड्रिङ्क एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मुनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ ।

‘ड्रिङ्क एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्