Logo

सामान्य उकालो लाग्यो नेप्से, करिव २ अंकले बढ्दा१ अर्व १९ करोडको कारोवार

सामान्य उकालो लाग्यो नेप्से, करिव २ अंकले बढ्दा१ अर्व १९ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । करिव एक साता लगातार ओरालो लागेको सेयर बजार सोमवार समान्य उकालो लागेको छ । आइतवार ६ अंकले घटेको नेप्से परिसुचक सोमवार भने १ दशमलव ८८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय १८ दशमलव ६९ अंकमा पुगेर बन्द भएको हो ।

सोमवार कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिनवीमा समुहको परिसुचक सवैंभन्दा बढी ४९ दशमलव ५७ अंकले बढेको छ । त्यस्तै विकास बैंक ७ दशालव ६७ होटल १ दशमलव ५२ र बैंकिङ समुह १ अंकले उकालो लागेको छ ।

सो दिन जलविद्युत र फाइनान्स समुहको परिसुचक भने ३५ दशमलव १६ र ० दशमलव ७६ अंकले ओरालो लागेको हो । सोमवार १ सय ४२ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २९ लाख कित्ता सेयरबाट १ अर्व १९ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्