Logo

टेष्ट ड्राइभ मेलामा २७ ओटा बजाज आरई बुकिङ, ६ सय ५० ले गरे टेष्ट ड्राइभ

टेष्ट ड्राइभ मेलामा २७ ओटा बजाज आरई बुकिङ, ६ सय ५० ले गरे टेष्ट ड्राइभ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा बजाज आरइ थ्री ह्वीलरको अधिकृत विक्रेता हंसराज हुलासचंदले कोहलपुरमा आयोजना गरेको टेष्ट ड्राइभ मेलामा २७ ओटा बजाज रे बुकिङ भएको छ । मेलामा ६ सय ५० जनाले टेस्ट ड्राइभ समेत गरेको बताइएको छ ।

कम्पनीले बजाज रेको प्रवद्र्धन गर्ने उद्देश्यका साथ भदौ २५ गते मेला सम्पन्न गरेको हो । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिकरुपमा सम्पन्न बनाउन बजाज रे टेष्ट ड्राइभ सञ्चालन गरिएको आयोजकले जानकारी दिए ।

pic 3 (4)कम्पनीले पहिलो पटक मनोरञ्जनका साथमा बजाजका थ्री ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिवार मेला आयोजना गरेको थियो । कोहलपुरका सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ हजार भन्दा बढीको सहभागीता रहेको थियो ।

पारिवारिक जमघटका साथमा सहभागी हुन सकिने यो मेलामा २४ वटा लक्कि ड्र गरिएको थियो भने बालबालिकाहरुका लागि निशुल्क मनोरन्जनको व्यवस्था थियो ।
त्यसैगरी साङ्गीतिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिईयो ।

प्रतिक्रिया दिनुहोस्