Logo

पञ्चकन्या माई हाइड्रोको विक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट र एनसीएम मर्चेन्ट, साढे २७ लाख कित्ता सेयर जारी

पञ्चकन्या माई हाइड्रोको विक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट र एनसीएम मर्चेन्ट, साढे २७ लाख कित्ता सेयर जारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावरले सर्वसाधारणका लागि जारी गर्न लागेको सेयरको विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ र नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । पञ्चकन्या समूह बाट प्रवद्धर्न गरिएको सो जलविद्युत आयोजनाले केही समयभित्रै साधारण सेयर जारी गर्न लागेको हो ।

आज एक कार्यक्रमबीच हाइड्रो पावरका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधान र एनसिएम मर्चेन्ट बैकिङका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठ तथा नबिल इन्भेष्टमेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पञ्चकन्या माईले १ सय रुपैयाँ अंकितका दरले २७ लाख ५० हजार कित्ता सर्वसाधारणमा जारी गर्न लागेको हो । जस अन्तरगत आयोजना प्रभावित वासिन्दाको लागि ११ लाख कित्ता र सर्वसाधारणका लागि १६ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

अप्पर माई जलविद्युत आयोजनाबाट ९ दशमलव ९८ मेगावाट बिद्युत उत्पादन भईरहेको छ । हाल हाल उक्त आयोजना १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६ दशमलव १ मेगावाट क्षमता को माथिल्लो माई सी(क्यास्केड) जल विद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL