काठमाडौं । रन शुजले दशै र तिहारजस्ता चाडपर्वलाई लक्षित गरि ‘रणको रणपती’ उपहार योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको लागि ‘रनको रणपती, न लखपती न करोडपती आफुले बोक्न सके जती’ उपहार योजना सार्वजनिक गरेको हो ।
यस उपहार योजना अन्तरगत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् र स्क्रयाच कुपनमा दुइवटा स्क्रयाच गर्ने भाग राखिएको छ । जसमा एउटा स्क्रयाच मार्फत १ सय रुपैयाँदेखि अधिकतम २ लाखसम्म नगद वा ५ प्रतिशतदेखि शतप्रतिशसम्म छुट प्राप्त गर्न सकिनेछ ।
साथै, उक्त स्क्रयाच कुपनको अर्को भागको स्क्रयाच गरी ग्राहकले आफुले बोक्न सक्ने जती पैसा प्राप्त गर्न सक्नेछन् । यस उपहार योजनामा सहभागी सबै ग्राहकले अनिवार्य रुपमा हात खालि नजाने उपहार प्राप्त गर्नेे छन् । यो उपहार योजना कात्तिक मसान्तसम्म लागु हुनेछ । यसैगरी कम्पनीले दशै र तिहारको अवसर पारेर ९५ मोडलका नयाँ डिजाइनका रन ब्राण्डका जुत्ता बजारमा ल्याएको छ । यी मोडलका जुत्ताहरु दशैं, तिहार तथा जाडो याम लाई लक्षित गरि बनाइएको छ ।
नयाँ मोडलका जुत्ताहरुमा बुट, स्पोर्टस, क्याजुयल र पार्टी रहेको छ । विशेष गरि रन ब्राण्डको यी जुत्ताहरु युवाहरुलाई लक्षित गरि बनाइएको छ । यी सबै मोडल र डिजाईनका जुत्ता तथा चप्पलहरु देशभरका आउटलेटहरुमा उपलब्ध गराउदै आएको छ । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत उपलब्ध छ ।
गुणस्तर मापदण्डको आधारमा दिईने अन्तराष्ट्रिय स्तरको आइएसओ ९००१ः२००८ प्राप्त उद्योगले रन ब्राण्डका ६ सय ५० भन्दाबढी मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज, लेडिज तथा जेन्स पियू चप्पल उत्पादन गरी मुलुकको ७५ वटै जिल्लामा उपलब्ध छन् । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ ।